नेपालको संविधानको धारा १९३ बमोजिम प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न,प्रदेश सरकारलाई सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मुल्याकंन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन समेतका लागि विषयगत समिति र विशेष समिति गठन गर्न सकिने व्यवस्था छ ।
प्रदेश सभाका सभामुखले कार्य व्यवस्था परामर्श समितिको सभाको सहमति लिई समितिमा पदेन सदस्य सहित बढिमा पन्ध्रजना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ । विषयगत समितिमा गण्डकी प्रदेश सरकारका सम्बन्धित समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रीहरु पदेन सदस्य रहने व्यवस्था छ ।
गण्डकी प्रदेश सभामा विभिन्न कार्यक्षेत्र भएका ४ वटा विषयगत समितिहरु छन् । ती समितिहरु: अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति हुन् ।
गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका कार्यक्षेत्रहरु यस प्रकार रहेका छन्: भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ।
गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापतिमा माननीय माननीय भोजराज अर्याल कार्यरत हुनुहुन्छ ।
थप पढ्नुहोस्
![]() |
अर्थ तथा विकास समिति,गण्डकी प्रदेशप्रकाशित मिति :2022-07-05 |
![]() |
अर्थ तथा विकास समिति,गण्डकी प्रदेशप्रकाशित मिति :2022-06-22 |